पहिलो महिला फुटसलको उपाधी सोलुदूधकुण्ड यूथ क्लबलाई

सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बु जिल्लामै पहिलो पटक आयोजना भएको महिला फुटसल प्रतियोगिताको उपाधी सोलुदूधकुण्ड युथ क्लबले जितेकोे छ । सल्लेरीमा महिला युवा संस्थाले आयोजना गरेको प्रतियोगिताको फाइनलमा आयोजक महिला युवा संस्थालाई २/१ को गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

मध्यान्तरसम्म गोल रहित बराबरीमा भएको फाइनलमा मध्यान्तरपछि महिला युवा संस्थाले एक गोल गरेको दुई मिनेटमै सोलुदूधकुण्ड युथ क्लबले गोल फर्काएर बराबरी बनाएको थियो । त्यसको केही मिनेटपछि महिला युवा संस्थाका खेलाडीले डिबक्सभित्र ह्याण्ड गरेपछि पाएको पेनाल्टी सुट आउटलाई सोलुदूधकुण्ड युथ क्लबका खेलाडी पासाङ शेर्पाले गोलमा परिणत गरेर २/१ को अग्रता कायम राख्दै जीत हात पारेको होे ।

जिल्लाभरीका आठ टिम सहभागी प्रतियोगिताका विजेताले नगद ३० हजार रुपियँ र उपविजेताले नगद २० हजार रुपियाँका साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । खेलमा उत्कृष्ट खेलाडी सुशान्त कार्की र उत्कृष्ट गोल रक्षक रस्मिता कार्की, उत्कृष्ट रक्षक अमृता राई र धेरै गालकर्ता सोनी शेर्पा घोषित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार