महेन्द्रबहादुर शाहीको सत्ता संकट टर्यो, ओली-दाहालले दिए यस्तो निर्देशन

कर्णाली प्रदेश सरकारको विवाद कर्णाली प्रदेश कमिटी र संसदीय दलबाटै समाधान गर्न नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्देशन दिएको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र प्रदेश सांसद यमलाल कँडेल दुवैलाई ओली र प्रचण्डले विवाद समाधानका लागि काठमाडौं डाकेका थिए । दुवै नेता बालुवाटार र खुमलटार छुट्टाछुट्टै र एकै साथ दौडिइरहेपनि सहमति बन्न सकेको थिएन । ओली र प्रचण्डले सहमति बनाउन नसकेपछि कर्णाली प्रदेशमै सहमति निकाल्न निर्देशन दिएका हुन् । योसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सत्ता संकट टरेको छ ।

उनले तत्काल मन्त्रिमण्डल पुर्नगठन गर्ने सम्भावना पनि दशैं अगाडि देखिएको छैन । कँडेलले मुख्यमन्त्री पदमा आधा आधा सहमति भएको जिकिर गर्दै आफ्नो दाबी प्रस्तुत गरेका थिए । उनले अविश्वासको प्रस्ताव दर्ता गरेपछि कर्णालीको राजनीतिमा तरंग आएको थियो । File Photo/reportersnepal

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार