सोलुखुम्बुका छ जनामा कोरोना पुष्टि, सङ्क्रमण फैलने क्रम बढ्यो


सोलुखुम्बु । सोलुखुम्बुका छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गत शुक्रबार स्वाब दिएका सोलुदूधकुण्ड नगरपालिकाका एक स्वास्थ्यकर्मी, एक वडाअध्यक्ष, एक वडा सचिव, हाईड्रोपावरमा काम गर्ने एक कर्मचारी, महाकुलुङ गाउँपालिका घर भई सल्लेरीमा व्यवसाय गर्दै आएका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित स्वास्थ्यकर्मी २७ बर्षिय महिला रहेकी छन् भने अन्य ३२, ३०, २६, २५ र १८ बर्षिय पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । उनीहरुमा लक्षण नदेखिएकाले आवश्यकताअनुसार सोलुखुम्बकै फाप्लु (यर्मादिङ) आइसोलेनमा लैजाने तयारी गरिएको छ ।

त्यस्तै, जिल्ला अस्पताल फाप्लुमा उपचाररत चार कोरोना सङ्क्रमित मध्ये एक कोरोना सङ्क्रमितको रिपोर्ट पुनःपोजेटिभ आएको सोलुदूधकुण्ड नगरपालिकाका स्वास्थ्य शाखा संयोजक चमर मगरले जानकारी दिनुभयो ।

सोलुखुम्बुमा समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएको बताइएको छ । शुक्रबारको स्याम्पलिङमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी र व्यवसायीमा कोरोना देखिएपछि समुदायस्तरमा कोरोना फैलिएको पुष्टि समेत भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार