सोलुखुम्बु। सिन्धुपाल्चोकसि लिदि वडा नंम्वर २ मा केही समय अघि गएको भिषण बाढी पहिरोबाट बिस्थापित भएका परिवारलाई अमेरिकाबाट साढे दुई लाख रूपियाँ सहयोग प्राप्त भएको छ।
त्रिपालमा कष्टकर जीवन बिताइरहेका उनीहरुलाई अमेरिकामा रहनु भएका मन्जु बिष्ट वाईवा, पाेम्फा राई र शिरमाया तामाङले पठाएको दुई लाख ५१ हजार रुपियाँ रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको दिलिप राईले जानकारी दिनुभयो।
सिन्धुपाल्चोकको एऊटा गरिब तामाङ परिवारको जेठी सुपुत्रीको रुपमा जन्मिएकी मञ्जुले आफूले सानो छँदा भोगेको दु:खलाई सम्झेर सहयोग गरेको बताउनुभयो। १० बर्षको उमेरमा आमा गुमाएर पढ्नु पर्ने १३ बर्षको कलिलो उमेरदेखि खान लाउनकै लागि भारत हुँदै अमेरिका पुग्नु भएको हो।
अमेरीकामा ४० बर्ष बिताएउनुभएकी मञ्जु पछिल्लो समय एउटी सफल महिलाको रुपमा समाज सेवामा लाग्नु भएको हो। दु:ख पीडा के हो भनेर नजिकबाट बुझ्ने उहाँले थोर मलम लगाउने कोशिस गरेको बताउनुभयो।
जम्मा पीडित २८ परिवार रहेकोमा घर, जग्गा र परिवार गुमाएका ११ परिवारलाई प्रति परिवार १२ हजार र घर जग्गा गुमाएका तर मानवीय क्षति नभएका १७ परिवारलाई प्रति परिवार सात हजार रुपियाँ सहयोग प्रदान गरिएको छ। सोही अवसरमा कोरोना रोकथामका लागि मास्क समेत वितरण गरिएको छ।