कुलुङ भाषामा वियोगान्त गीत ‘निङदोङ’ (भिडियो)

डा.बिर्खराज कुलुङ (बिआर)को लेखनमा कुलुङ भाषाको गीत सार्वजनिक गरिएको छ । दशैँको अवसर पारेर सार्वजनिक गरिएको गीतलाई ‘निङदोङ’नाम दिइएको छ । ‘निङदोङ’भनेको कुलुङ भाषामा बर्ष फेरिनु वा नयाँ बर्षको रुपमा अर्थ लगाइन्छ ।

छितिज कुलुङको संगीत र संगीत संयोजन रहेको गीतमा सुनिता थेगीमको स्वर सज्जित छ । हरि कुलुङको निर्देशनमा तयार भएको गीतको भिडियोमा गायिका थेगीमलाई नै देख्न सकिन्छ । नयाँ बर्षमा भेटेर मन मुटु साटेको हितैसीले छाडे पछिको वेदना समाबेश गीतलाई छितिज कुलुङ यूटुव च्यानलबाट हेर्न सकिन्छ ।

गीतकार कुलुङ भन्छन्, ‘मेला पर्वमा भेटिने र छुटिने क्रम चल्ने र छाडिएको मन रुने भएकाले सोही वेदनालाई प्रतिविम्बित गर्न खोजिएको हो ।’ संखुवासभाको सिलिचोङ २ मा जन्मेका गीतकार डा. कुलुङ सोलुखुम्बुको महाकुलुङ गाउँपालिका अन्तरगत पशुपंक्षि शाखाका प्रमुखका रुपमा कार्यरत छन् । -himalfm

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार