सोलुखुम्बुमा एकैदिन ३८ जनामा सङ्क्रमण पुष्टि


सोलुखुम्बु । सोलुखुम्बुमा एकैदिन ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । निर्माणाधिन ८६ मेगावाट सोलुखोला दूधकोशी हाईड्रोपावरका २५ जना कामदारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

शुक्रबार ५१ जनाको स्वाब सङ्कलन गरी गरिएको परीक्षणमा आइतबार २५ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल फाप्लुकी निमित्त कार्यालय प्रमुख सानी शेर्पाले जानकारी दिनुुभयो । उनीहरुलाई हाईड्रो पावरको आईसोलेसनमा राखिएको छ ।

त्यस्तै, सोलुदूधकुण्ड नगरपालिका–२ बेनीका जनप्रतिनिधि, प्रहरी, एम्बुलेन्स चालक र स्थानीय गरी ४ जना र खुम्बु पासाङल्हमू गाउँपालिकाका ९ जना स्थानीयमा कोरोना पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार