प्रधानमन्त्री केपी शर्मा ओली आन्तरिक छलफलमा जुटेका छन् । उनले आजमात्रै उपप्रधानमन्त्री तथा सचिवालय सदस्य ईश्वर पोखरेल, आफ्ना परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापासँग बालुवाटारमा आन्तरिक छलफल गरेका छन् ।
पार्टीभित्र पूनः विवाद सुरु भएपछि ओलीले अब कसरी अघि बढ्ने भन्नेबारे आफ्ना निकटहरुसँग छलफल गरेका हुन् । मन्त्रिमण्डल पूनर्गठनदेखि कर्णालीमा नेकपा विवाद देखिएपछि अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच पनि मनमुटाव सुरु भएको छ ।