पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर थप १४ जनाको मृत्युु भएको छ । योसमेत हालसम्म संक्रमण भएर मृत्युु हुनेको संख्या आठ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दुई दिनयता कोरोना परीक्षणको दर घटेकाले नयाँ संक्रमित थपिने क्रम घटेको छ । मंगलबार देशभर जम्मा पाँच सय ७० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी यो अवधिमा ३१ सय ६८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । हाल दुई सय ८१ जनाको आइसियू र ७१ जनाको भेन्टिलेरमा उपचार भइरहेको छ ।