सोलुखुम्बुमा थप ३० जनाको पिसिआर रिर्पोट आयो


सोलुखुम्बु । पछिल्लो समय सोलुखुम्बुमा कोरोना सङ्क्रमितको कन्ट्रयाक ट्रेसिङको आधारमा गरिएको पिसिआर परीक्षणको रिपोर्ट आएको छ । सोलुदूधकुण्ड नगरपालिका–२ वेनीबाट सङ्कलन गरिएको ३० ३० जनाकै रिपोर्ट नेगेटिभ आएको वडा अध्यक्ष मिङ्मारदोर्जी शेर्पाले जानकारी दिनुभयो ।

यसअघि स्थानीय जनप्रतिनिधि, प्रहरी इन्चार्ज, एम्बुलेन्स चालक र एक स्थानीयमा कोरोना देखिएपछि उनीहरुको सम्पर्कमा आएका ३० जनाको स्वाब सङ्कलन गरिएको थियो ।

काठमाण्डौस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको बताउँदै वडाअध्यक्ष शेर्पाले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्दै सजकता अपनाउन आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार