सन्तोष राउत
सोलुखुम्बु समाचारदाता
सोलुखुम्बु, कात्तिक १४ गते । सोलुखुम्बुको सल्लेरी च्याल्सा विद्युत कम्पनी लिमिटेडको ड्याम साइडमा डुबेर मृत्यू भएको अवस्थामा एक बृद्धको शब भेटिएको छ ।
सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लाका अन्दाजी ६५ बर्षिय गोर्कण खड्काको शव छुल्यामुस्थित विद्युत कम्पनीको ड्याम साइडमा डुबेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
परिवार काठमाण्डौमा रहेका मृतक खड्का सोलुदूधकुण्ड नगरपालिका–६ को छुल्यामुमा बस्दै आएका प्रहरीको भनाइ छ । बृद्धले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।