नयाँ ३५१७ सङ्क्रमितसँगै कुल एक लाख ६८ हजार २३५

नेपालमा कोरोना भाइरसका तीन हजार ५१७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५१७ जना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लाे चाैबीस घण्टामा १४ हजार ९०९ नमुना परीक्षण गरिएकाे जनाएकाे छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ६८ हजार २३५ पुगेको छ ।

हाल ३८ ह्जार ३५७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा चार हजार ९६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख २८ हजार ९५८ सङ्क्रमित निको भएर घर फर्केका छन् ।

त्यसैगरी, पछिल्लो चौबीस घण्टामा १६ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।-गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार