सोलुखुम्बुबाट एउटै हाईड्रोपावरका साढे चारसय जनाको स्वाब सङ्कलन


सन्तोष राउत/सोलुखुम्बु। सोलुखुम्बुको सोलुखोला दूधकोशी जल विद्युत आयोजनामा काम गर्ने ४५९ जनाको स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि काठमाण्डौ पठाइएको छ ।

पछिल्लो समय सोलुखुम्बुका विभिन्न विद्युत आयोजना तथा स्थानीयस्तरमा समेत कोरोना सङ्क्रमण बढ्न थालेपछि आयोजनाले सतर्कता अपनाएको हो ।निजी क्षेत्रको स्वदेसी लगानीमा मात्र निमार्णधीन सबै भन्दा ठूलो ८६ मेगावाटको सोलुखोला दूधकोशी हाईड्रोपावरमा काम गर्ने सम्पूर्ण कर्मचारीहरुको कोरोना सङ्क्रमण परीक्षणका लागि कन्स्ट्रक्सन कम्पनी सिईले आफ्नै लगानीमा स्वाब सङ्कलन तथा परीक्षणको व्यवस्था मिलाएको सिई कन्स्ट्रक्सनका जनसम्पर्क अधिकृत प्रकाश दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार उनीहरुको स्वाब परीक्षणकालागि बबरमहलस्थित इन्टरपेड मेडटिच अस्पतालमा पठाइएको छ । गएको शनिबार आयोजनामा कार्यरत ५० जनाको स्वाब पठाइएकोमा २५ जनामा कोरोना पुष्टि भएपछि सबै स्थानीय कर्मचारी र कामदारहरुको स्वाब सङ्कलन गरिएको आयोजनाले जनाएको छ ।

दशैँ विदामा घर गएका कामदारलाई आयोजनामा फर्कदा पिसिआर परीक्षणको नेगेटिभ रिर्पोट लिएर मात्र प्रवेश दिने दाहालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार