हाल कारागारमा रहेका करिब ८ प्रतिशत कैदीले ‘वैकल्पिक कारागार’ का रुपमा घरमै बाँकी कैद सजाय भुक्तान गर्न पाउन सक्नेछन् । कारागार व्यवस्थापन विभागले एक महिना लगाएर तयार पारेको विवरण अनुसार वैकल्पिक कारागारमा बस्ने पाउने कैदीको संख्या १२ सय रहेको छ ।
विभागका अनुसार अदालतबाट दोषी ठहर भइ सजाय भुक्तानरत र मुद्दाको पुर्पक्षमा भएका कैदी र बन्दी थुनुवा संख्या करिब २५ हजार छ । त्यसमध्ये अदालतबाट दोषी ठहर भइ सजाय भुक्तानरतको संख्या १४ हजार ५ सय हाराहारी छ । सजाय भुक्तानरत कैदीको हिस्सता ५८ प्रतिशत छ ।आजको कान्तिपुर दैनिकमा समाचार छ ।