सोलुखुम्बुमा फेरी ५९ कोरोना संक्रमित थपिए

सोलुखुम्बु /सोलुखुम्बुमा थप ५९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोलुखुम्बुमा निर्माणाधिन सोलुखोला दुधकोशी हाईड्रोपावर (८६ मेगावाट)का ५९ कामदारमा कोरोना संक्रमण पुष्टि भएको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

गत शुक्रबार २५ कामदारमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा रहेका ४५९ जना कर्मचारी, कामदार र स्थानीयको स्वाब संकलन गरि पिसिआर परीक्षणका लागि काठमाण्डौँ पठाइएको थियो । त्यसमध्येमा ५९ जनामा कोरोना संक्रमण देखिएको बताइएको छ ।

हाईड्रोपावरलाई संक्रमितको उचित उपचार र व्यवस्थापन गर्न निर्देशन दिएको गाउँपलिका अध्यक्ष राईको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार