काठमाडौं । बरिष्ठ उद्योगी तथा नेपाली कांग्रेसका सांसद सूर्यबहादुर केसीको ६३ बर्षको उमेरमा निधन भएको छ । कास्कीबाट प्रतिनिधित्व गरेका सांसद केसीको सोमबार राति १०ः३० बजे निधन भएको परिवारजनले जनाएका छन् ।
प्रतिष्ठित व्यवसायीक व्यक्तित्वका रुपमा उहाँ परिचित हुनुहुन्थ्यो । उहाँको आज बिहान ९ः३० बजे अन्तिम संस्कार हुने पारिवारिक स्रोतले बताएको छ ।
उहाँ नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य हुनुहुन्थ्यो । ६५ वर्षीय केसीमा पहिलेदेखि मिर्गौलाको समस्या रहेको थियो । उहाँको अचानक रक्तचाप कम भएपछि निधन भएको जनाइएको छ । मिर्गौला रोगको नियमित परिक्षणका लागि भारतको नयाँ दिल्ली जाने तरखरमा रहेकै बेलामा उहाँको निधन भएको हो ।
उहाँ पोखरा उपमहानगरपालिकाको तत्कालिन प्रधानपञ्च हुनु भएको थियो । राप्रपाबाट लामो समय राजनीति गरेका नेता केसी गत निर्वाचनमा मात्र नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको थियो । उहाँ अहिले नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा समानुपातिक कोटाबाट सांसद बन्नु भएको हो ।