नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि सफल ब्यबासायी प्रकाशसिंह कार्कीले उम्मेदवारी दर्ता गराउनु भएको छ।
नेपाल फ्रेट फर्वार्ड्स एसोसिएसनका केन्द्रीय अध्यक्ष समेत रहेका कार्कीले बस्तुगतर्फको सदस्य पदका लागि वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल समूहबाट उम्मेदवारी दर्ता गराउनु भएको हो।कार्की महासंघको अघिल्लो निर्बाचनबाट पनि एसोसिएट सदस्यमा निर्बाचित हुनुभएको थियो।
ब्यबसायका अलावा आफुलाइ राजनीति र समाजसेवामा उत्तिकै सकृय बनाउनु बएका कार्कीले महासंघको आगामी निर्बाचनमा वरिष्ठ उपाध्यक्ष ढकाल समूहको जीत सुनिश्चित रहेको बताउनुभयो।कोरोना कहरका कारण थिलथिलो भएको अर्थतन्त्रको नितिगत सुधारमा सरकारलाई दिशानिर्देश गर्नकै लागि पनि ढकाल समूहले जित्नैपर्ने बाध्यता रहेको कार्कीको भनाइ छ।
उम्मेदवारी दर्ताका क्रममा मंगलबार वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले दातृ निकाय, सरकार र निजी क्षेत्रबीच पुलको काम गर्दै देशमा रोजगारी सिर्जना तथा उद्योग व्यवसायको प्रवर्द्धधन गर्न आफ्नो नेतृत्वको समूहको जीत आवश्यक रहेको बताउनुभएको थियो । आफ्नो समूहका सदस्यको उम्मेदवारी दर्ता कार्यक्रममा उहाँले भन्नुभयो, ‘मेरो नेतृत्वको समूहले निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था महासंघका तर्फबाट नीतिगत रुपमा व्यवसायमैत्री वातावरण बनाउन सरकारसँग अझ सशक्त रुपमा लविङ गर्ने बताउनुभयो ।
यसैगरी कार्यक्रममा महासंघका पूर्वाध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकालले चन्द्रप्रसाद ढकाल नेतृत्वको समूहले समावेशी रुपमा सबै पक्षलाई मिलाएर अघि बढेकाले जीत सुनिश्चित रहेको जिकिर गर्नुभयो । ढकाल समूहबाट आज नै विभिन्न व्यक्तिले जिल्ला तथा नगर, वस्तुगत र एशोसिएट्सतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
सोअनुसार वस्तुगततर्फ केन्द्रीय सदस्यमा हेमराज ढकाल, आकाश अधिकारी, कमला श्रेष्ठ, जय शिवाकोटी, सुवास भण्डारी, भक्त हमाल, सुवोधकुमार गुप्ता, सुमित केडिया, रवीनकुमार श्रेष्ठ र नरेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यसैगरी जिल्ला नगरतर्फबाट पनि ढकाल समूहबाट आजै अशोक ताम्राकार, तारानाथ घिमिरे, उमेश डामिया लगायतले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
सो समूहबाटै राजन श्रेष्ठ, बोधनाथ दुवाडी, कमल श्रेष्ठ, नन्दलाल वैश्य, सुरकृष्ण वैद्यलगायतको उम्मेदवारी दर्ता भइसकेको छ ।
यसैगरी एशोसिएट्सतर्फ अजित बस्नेत, अम्बिकाप्रसाद पौडेल, रामशरण थपलिया, भरत आचार्य, विनोद ढकाल, विराट् थापा, गोपाल खनाल, कृष्णलाल महर्जन, बाबुकाजी कार्कीलगायतले उम्मेदवारी दर्ता गराउनुभएको छ । बाँकी सदस्यका अन्य उम्मेदवारले पनि केही दिनभित्रै सदस्यमा उम्मेदवारी गर्दा गराउने सोही समूहका तर्फबाट जिल्ला नगरतर्फका उपाध्यक्ष गुणनिधि तिवारीले जानकारी दिनुभयो ।-Source : rahashyakhabar