सोलुखुम्बुमा पुर्व श्रीमानले खुकुरी प्रहारबाट पुर्व श्रीमतीको ज्यान लिए

सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका–३ मा पुर्व श्रीमानले खुकुरी प्रहार गरी पुर्व श्रीमतीको ज्यान लिएका छन् ।
होमबहादुर राईको खुकुरी प्रहारबाट सोमा लामा नाम गरेकी महिलाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभभयो ।

पुर्व श्रीमान होमबहादुरलाई छोडेर २८ बर्षिया सोमा श्रीमानलाई छाडेर गत बैशाखमा सोही गाउँका नन्दराज राईसँग हिँडेकी थिइन् । स्थानीय कुमार राईको घरमा भएको भेटमा विवाद हुँदा होमबहादुरले खुकुरी प्रहार गर्दा टाउको लगायत शरिरका विभिन्न भागमा चोट लागेको सोमाको ज्यान गएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने होम बहादुरलाई इलाका प्रहरी कार्यालय सोताङबाट खटिएका प्रहरीको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार