वाइडेनको विजय करीब सुनिश्चित, देशवासीलाई सम्बोधन

जो वाइडेन अमेरिकाको राष्ट्रपति हुनुहुने निश्चितप्रायः भएको छ । मत गणनाको परिणाम आउन बाँकी छ वटा राज्यमध्ये चारवटा राज्यमा उहाँले स्पष्ट बहुमतका साथ अग्रता हासिल गर्नुभएकोले राष्ट्रपति निर्वाचित हुनुहुने भएको हो ।

राष्ट्रपति हुन आवश्यक २७० इलेक्टोरल मतमध्ये यसअघि नै २६४ प्राप्त गरिसक्नु भएका वाइडेनले नेपाली समय अहिले विहानसम्म जर्जिया, पेन्सिलभेनिया, एरिजोना र नेभाडामा राष्ट्रपति ट्रम्पभन्दा क्रमशः चार हजार २० मत, २१ हजार ७४९ मत, २९ हजार ८६१ र २२ हजार ६५७ मतले अग्रता लिनुभएको छ ।

यी चारवटै राज्यको मतगणना लगभग अन्तिममा पुगेको छ । यी चारवटा राज्यको कुल इलेक्टोरल मत ५३ छ ।
यी चार बाहेक दुईवटा राज्य नर्थ क्यारोलिना र हवाइमा पनि मतगणना सकिएको छैन । यी दुवै राज्यमा राष्ट्रपति ट्रम्पले अत्यधिक मतले अग्रता हासिल गर्नुभएको छ । यी दुइ राज्यकाे इलेक्टोरल मतले ट्रम्पको भाग्य निर्धारण गर्ने हैसियत राख्दैन । यी दुई राज्यको इलेक्टोरल मत १८ छ ।

वाइडेनको सम्वोधन
यसैबीच आज विहान जो वाइडेनले अमेरिकी जनतालाई सम्वोधन गर्नुभएको छ । सम्वोधनका क्रममा उहाँले विभाजित अमेरिकी राजनीतिलाई एक ठाउँमा ल्याउन आफूले भूमिका खेल्ने बताउँदै कोभिड, अर्थतन्त्र, जलवायु परिवर्तन र आप्रवासीको समस्यालाई प्राथमिकतामा राखेर पहिलो दिनदेखि नै कडा परिश्रमका साथ काम गर्ने वचनवद्धता व्यक्त गर्नुभयो ।

व्याटल फर दि सोल अफ नेशन नारा लिएर उम्मेदवार हुनुभएका वाइडेनले प्रत्येक मतदाताको मतको कदर र जनताको आवाज सुनिनेछ भन्नुभयो । समारोहमा उपराष्ट्रपतिकी प्रत्यासी कमला ह्यारिस पनि उपस्थित हुनुहुन्थ्यो ।-

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार