सोलुखुम्बु। सोलुखुम्बुको थुलुङ्ग दूधकोशी गाउँपालिका-५ जुबुको साविक दाम्लीमा सगरमाथा आधारभूत विद्यालयको भवन सिल्यानास गरिएको छ।
भवनको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष असिम राईले विद्यालयको सबै व्यवस्थापन गर्ने बताउनुभएको छ। उहाँले गाउँपालिकाले अनावश्यक विद्यालय गाभ्ने उहाँको भनाइ छ।
विद्यालयका अध्यक्ष गणेश हिङमाङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ५ जुवुका वडाध्यक्ष प्रेमकुमार राई, जनकल्याण माविका प्रधानाध्यापक कुमार बस्नेत हिमालय माविका प्रधानाध्यापक बलबहादुर राई, अनेरास्ववियु केन्द्रिय सदस्य सुमन थुलुङ्ग लगायतका शिक्षक तथा नेताहरूले विद्यालयको आगामी प्रगति र उन्नतिको बारेमा धारणा राख्नु भएको स्थानीय केदार बस्नेतले जानकारी दिनुभयो।
३५ लाख रूपियाँमा ३ कोठे विद्यालय भवन निर्माणका लागि स्थानीय प्रदीप सुन्दास र देउराज सुन्दासले जग्गा उपलब्ध गराएको विद्यालयले जनाएको छ।