सोलुखुम्बु । शुसिल कोइराला सोसलिष्ट युथ सर्कल सोलुखुम्बुमा सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिकाको खुम्जुङका छिरिङ सोनाम शेर्पा चयन हुनुभएको छ ।
सर्कलका केन्द्रिय अध्यक्ष ताराबहादुर थापाले शेर्पाको यसअघिका सामाजिक तथा राजनीतिक भूमिका निर्वाहको उच्च मूल्यांकन गर्दै सोलुखुम्बुको अध्यक्षको जिम्मेवारी दिइएको बताउनुभएको छ ।
नेपाल तरुण दलको खुम्बु पासाङल्हामू गाउँपालिकाका अध्यक्ष समेत रहनुभएको शेर्पा विगतदेखि पर्यटन व्यवसायमा संलग्न हुनुहुन्छ । नेपाली काँग्रेस निकट रहेको यस संस्थाले शुसशु कोइरालाका काम तथा विचारलाई युवाहरुमा सञ्चार गराउने तथा यूवालाई सही दिशामा अघि बढ्न मद्दत गर्ने बताइएको छ ।