नेकपा सचिवालय बैठक भोलि नबस्ने

अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक नराख्ने मनशाय राखेपछि भोलि नबस्ने भएको हो । ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई सचिवालयमा प्रस्तुत प्रस्ताव फिर्ता लिन आग्रह गर्दै आएका छन् । उनले दुई अध्यक्षको सहमतिमा एउटै राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुपर्नेमा फरक प्रस्ताव प्रचण्डबाट आएको भन्दै असन्तुष्टि जनाइसकेका छन् ।

नेकपाभित्र आन्तरिक द्वन्द्व चुलिंदै गर्दा ओली सचिवालय बैठक टार्न खोजिरहेका छन् । उनी इतर पक्ष भने बैठकमा जोड दिदै आएको छ । नेकपा सचिवालयमा ओली अल्पमतमा परेका छन् । उनलाई सत्ताबाट हटाउने तयारी भइरहेको विषय उठ्दै आएको छ ।- रिपोर्टर्स नेपाल डटडट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार