प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजेलाई मन्त्रिपरिषद बैठक बोलाएका छन् । जबकी गत शुक्रबार बसेको सचिवालय बैठकले आज दिउँसो १ बजेलाई सचिवालय बैठक तय गरेको थियो । पार्टीभित्र विवाद बढिरहेको बेलामा प्रधानमन्त्री ओलीले आजे १ बजे क्याबिनेट डाक्नुले परिस्थिति झनै बिग्रिएको छ । आज दिउँसो १ बजे मन्त्रिपरिषद बैठक बोलाईएको एक मन्त्रीले रिपोर्टर्स नेपाल डटकमलाई जनाए ।
अब विवाद समाधानकोलागि पार्टी कमिटीका बैठकहरु राखेर अघि बढ्ने अध्यक्ष दाहालसहित सचिवालय सदस्यहरु माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको तयारी छ । आजको सचिवालय बैठकमा गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा पनि सहभागी हुने बुझिएको छ ।