सोलुखुम्बुका एक कोरोना सङ्क्रमितको मृत्यू


सोलुखुम्बु । सोलुखुम्बुका एक सङ्क्रमितको मृत्यु भएको छ । थुलुङ दूधकोशी गाउँपालिका–४ जुबु ज्यामिरेका ७५ वर्षिय एक बृद्धको बिहीबार बिहान कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

कार्तिक ३० गते बिरामी भएका उनलाई विराटनगर स्थित नोबेल अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारका क्रममा गरिएको कोरोना परीक्षणमा मृतक वृद्धमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

केहि दिन अघि मात्रै गाउँ आउनुभएका व्यक्तिको कोरोनाका कारण मृत्यु भएसँगै थुलुङ दूधकोशी गाउँपालिका–४ जुबुलाई शिल गरिएको छ । मृतकको सम्पर्कमा रहेकाको पहिचान गरी स्वाब सङ्कलन गर्ने तयारी गरिएको वडाध्यक्ष नातिकाजी गुरुङले जानकारी दिनुभयो । सुनसरीको तरहरा बस्दै आउनुभएका वृद्ध गत कात्तिक २८ गते जुबु आउनुभएकोे पारिवारिक स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार