सोलुखुम्बुको एक होटलमा आगलागी हुँदा दुई करोडको क्षति


सोलुखुम्बु । सगरमाथा आधार शिविर जाने खुम्बु पदमार्गमा पर्ने खुम्बु पासाङल्हामू गाउँपालिका–३ फाक्दिङस्थित यति माउन्टेन होटलमा आगलागी हुँदा करिब दुई करोड रुपियाँ बराबरको क्षति भएको छ ।

सोनाम शेर्पाले सञ्चालन गरेको होटलमा विद्युत सर्ट भई लागेको आगोले होटलको भौतिक संरचना किचेन र डाइनिङ हल, स्टोर, सन रुम, भाडावर्तन, लत्ताकपडा, अन्नपात लगायत सम्पुर्ण सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगो प्रहरी, सेना र स्थानीयको सहयोगमा करिब पाँच घण्टापछि आगो नियन्त्रणमा आएको थियो । उक्त होटल यति ग्रुप मार्फत करिब १२ बर्ष अघिबाट सञ्चालनभएको हो । आगलागीबाट कुनै मानवीय क्षति भएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार