प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेटवार्ता सम्पन्न, के-के कुरा भयो ?

नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भेटवार्ता गरेका छन् । बालुवाटारमा भएको भेटवार्तामा प्रधानामन्त्री ओलीले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउनुपर्नेमा जोड दिएका थिए ।

भेटवार्ताको क्रममा प्रधानमन्त्री ओलीले अहिले सम्बन्धमा देखिएको चिसोपना हटाउँदै सबै समस्याको समाधान गर्नुपर्नेमा जोड दिएको प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए ।

विदेश सचिव श्रृंगलाले आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतकै रुपमा नेपाल भ्रमणमा आएको पनि जनाएका थिए । श्रृंगला आज काठमाडौं आएका हुन् । यसअघि उनले परराष्ट्र सचिवस्तरको बैठकमा सहभागी, परराष्ट्रसचिव डा. भरतराज पौडेलसँग भेटवार्ता र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गरेका थिए । उनले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । reportersnepal

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार