उडान तयारीमा काँगेलडाँडा विमानस्थल


सन्तोष राउत/सोलुखुम्बु। लामो समयदेखि गौचरणमा परिवर्तन भएको सोलखुुम्बुको काँगेलडाँडा विमानस्थलमा उडान सुचारु गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका ईन्जिनियर सहितको टोलीले स्थलगत निरीक्षण गरेको छ । मसिर तेस्रो सातादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको विमानस्थलको ईन्जिनियर सहितको टोलीले स्थलगत निरीक्षण गरेको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।

विमानस्थल सामान्य मर्मत सम्भार पश्चात हवाई उडान हुने अध्यक्ष राईले बताउनुभयो । गत कात्तिकमा स्थलगत निरीक्षण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चाँडै विमानस्थल सञ्चालनमा ल्याउन पहल गर्ने बताउनुभएको थियो ।

त्यसलगत्तै नागरिक उड्डयन प्राधिकरण र नेपाल वायु सेवा निगम बिच मङ्सिर तेस्रो साताबाट हवाईजहाज सञ्चालन गर्ने सहमति भएको थियो । थुलुङदूधकोसी गाउँपालिकाका सल्लाहकार तथा नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक प्रकाश पौड्याल र नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक राजन पोखरेलले उक्त सहमति गर्नुभएको अध्यक्ष राईले बताउनुभयो ।

सोलुखुम्बुको तल्लो क्षेत्र र खोटाङको माथिल्लो क्षेत्रका नागरिकलाई लक्षित गरी विमानस्थल निर्माण गरिएको भएपनि २०७२ सालदेखि पूर्ण रुपमा बन्द रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार