सोलुखुम्बु । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको केन्द्रिय सदस्यमाा सोलुखुम्बुका प्रकाशसिंह कार्की विजयी हुनुभएका छ ।
महासंघको ५४औँ अधिवेशनमा भएको निर्वाचनमा कार्गो व्यवसायी कार्की कुल मतमा ५७ मत ल्याएर विजयी हुनुभएको हो ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–१ सल्यानबाट राजधानीमा व्यवसाय गर्दै आउनुभएका कार्की नेपाली काँग्रेसबाट गएको निर्वाचनमा प्रदेससभा सदस्यमा उमेद्वार हुनुहुन्थ्यो ।
पछिल्लो समय विभिन्न सामाजिक काममा समेत सक्रिय कार्की सोलुखुम्बुको सक्रिय राजनीतिमा हुनुहुन्छ ।