सोलुखुम्बुमा विद्यालयको सात लाख लिएर अध्यक्ष वेपत्ता


सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ मा सञ्चालित कैलाश आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षले विद्यालयको सात लाख रुपियाँ लिएर बेपत्ता हुनुभएको छ ।

आर्थिक वर्ष २०७६÷७७ मा उक्त विद्यालयमा पुर्ननिर्माण प्राधिकरणबाट दुई कोठे ट्रस भवन र दुई कोठे शौचालय भवन परेपछि निर्माणका लागि निकास भएको उक्त रकम राष्ट्रिय वाणिज्य बैङ्कबाट २०७६ साल साउन २१ गते अध्यक्ष ङिमापासाङ शेर्पाले निकालेर सम्पर्कबीहिन भएको विद्यालयका प्रधानाध्यापक गोपालबहादुर बस्नेतले जानकारी दिनुभयो ।

निर्माण शुरु गर्नका लागि रकम निकाल्न दिएको र केही सामग्री ल्याएर अलपत्र अवस्थामा रकम हिनामिना गरेर अध्यक्ष सम्पर्कबिहीन भएको प्रधानाध्यापक बस्नेतले बताउनुभयो । भुक्तानी लिएको रकमको सक्कल बिल भर्पाइ र बाँकी नगद सहित गाउँपालिका र विद्यलायमा उपस्थित हुन पत्राचार गर्दै विद्यलायले त्यसो नभए नियमानुसार कार्वाहीको प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ । लामो समयसम्म बिल भर्पाइ र नगदको कुनै हिसाब नबुझाएपछि अन्तिम मौका दिएर पत्रचार गरेको विद्यलायले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार