लघु जलविद्युत आयोजनाका अध्यक्षद्वारा राजिनामा

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा न १ र २ मा विद्युत सेवा उपलब्ध गराउदै आएको त्रिवेणी लघु जलविद्युत आयोजनाका अध्यक्ष धनजन राईले पदबाट राजीनामा दिनुभएको छ।

अध्यक्ष राईले लामो समयसम्म एउटै समिति वा पदाधिकारीमा रहन सान्दर्भिक नहुने तथा कार्य व्यस्तताले गर्दा पदमा रही सेवा दिन असमर्थ भएकोले राजिनामा दिएको उल्लेख गर्नुभएको छ।

वि. सं. २०७१ साल माघ महिनादेखि निर्माण  कार्य सुरु गरी २०७३ साल असार २६ गते परिक्षण गरी १०० किलोवाट क्षमताको बिद्युत हाल संचालनमा रहेको छ।

‘तत्कालीन अवस्थामा आयोजना सञ्चालन गर्न सहज नभई विभिन्न बाधा ब्यबधान झेल्दै आयोजना  तिब्र गतिमा सञ्चालन भइ तोकिएको समयावधिभित्र सम्पन भएको उपभोक्ताहरुलाई स्मरण गर्न  चहान्छु ।  नयाँ आयोजना सुरु हुनु भन्दा अगाडि   निर्माण  हुन लागेको योजना क्षतिग्रस्त भएको योजनालाई  न्याय दिने नाममा नयाँ आयोजनामा विभिन्न समस्य सृजना गरिए । उक्त  समस्याहरु ब्यवस्थापन गर्दै योजना  सञ्चालन भयो। योजना  सञ्चालनमा आर्थिक  अभाव  हुनको कारण तत्कालीन  अवस्थामा गाबिसबाट कबुल भएको रकम राजनीतिक भागबण्डाका कारण उपलब्ध नभएको, पुरानो उपभोक्ताहरुलाई किस्ता छुट गर्नु परेको, नयाँ उपभोक्ताहरुलाई सहुलियतपूर्ण किस्ता  कायम  गरिएको, दातृ संस्थाबाट समयमै भुक्तानी  नभएको कारण आर्थिक समस्य झेल्नुपरेको थियो ‘ राईद्वारा लिखित राजीनामामा उल्लेख छ।

लागत इस्टिमेट भन्दा  बाहिरको बस्तीलाई बिद्युत बिस्तार गर्दा भौगोलिक कठिनाईले थोरै  बस्ती बढी लागत हुनु,  गाउँ गाउँमा सडक बिस्तार हुदाँ सडकलाई केन्द्र  बनाइ बस्ती बिस्तार हुनाले  थप आर्थिक  भार र जिम्मेवारी बढ्दै जानू  र   सडक , भवन सिँचाइ आदिको योजना  भन्दा बिद्युत आयोजना चुनौतीपूर्ण हुनु , नसोचेको ठाउमा खर्च हुनु, आर्थिक अभावको कारण उपभोक्ताको चाहना , समितिको निर्णय, विधि बिधान अनुसार सञ्चालन हुन् नसक्नु , आयोजना मा राजनीतिक  मदभेद हुनु जस्ता कारणबाट  विद्युत सेवा राम्रो नभएको समेत उहाँले राजीनामा पत्रमा स्विकार्नु भएको छ ।

आफ्नो नाममा नगद जिन्सी नरहेको भएमा छानबिन गर्न आग्रह गर्दै आफूसँग भएको खाता, बिल भर्पाइ संस्थालाई उपलब्ध  गराउने भन्दै उहाँले आयोजनालाई सहयोग  गर्ने दात्री संस्था, तत्कालीन, प्रतिनिधिहरु ,उपभोक्ता, चन्दादाता , उपभोक्ता समिति, कर्मचारी सबैलाई धन्यवाद समेत दिनुभएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार