नेचामा शिव मन्दिरको शिलान्यास

सोलुखुम्बु । सोलुखुम्बुको नेचामा शिव मन्दिरको शिलान्यास (जगपुजा) गरिएको छ । जमरकट्टेल सेवा प्रतिष्ठान नेपालको अगुवाइमा निर्माण हुने मन्दिरको मीन र वृष राशीबाट शिलान्यास गर्नुपर्ने साइतअनुसार अग्रज बन्धुहरू चित्रप्रसाद जमरकट्टेल र इन्द्रप्रसाद जमरकट्टेलको संयुक्त बाहुलीबाट शिलान्यास भएको नेचाबाट शोभितकुमार ढुङ्गेलले जानकारी दिनुभयो ।

जमरकट्टेल बन्धुहरूको लगानीमा नेचासल्यान–३ माझगाउँमा निर्माण हुने शिव मन्दिरको अनुमानित लागत झन्डै ४० लाख रुपियाँ रहेको छ । उक्त रकम भाद्वाज गोत्रिय जमरकट्टेल बन्धुहरूबाट जुटाउने निर्माण समितिका अध्यक्ष मुक्ति जमरकट्टेलले जानकारी दिनुभयो ।

शिलान्यास समारोहमा बटुकहरूबाट स्वस्तिवाचन तथा पुजा अर्चना हुनाका साथै रूद्री पाठ गरिएको छ । स्वर्गीय आमा बालकुमारी गौतमको स्मृतिमा छोरी सर्मिला जमरकट्टेल गौतमबाट रू १० हजार १२० रुपियाँ नगद प्रतिष्ठानलाई सहयोग प्राप्त भएको छ ।

उक्त कार्यक्रममा युवराज जमरकट्टेलद्वारा जेष्ठ महानुभावलाई न्यानो टोपी वितरण गर्नुका साथै प्रतिष्ठानको सदस्यता वितरण समेत गरिएको महासचिव देवेन्द्र जमरकट्टेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार