राईको संयोजकत्वमा थुलुङ दूधकोशी गाउँपालिकामा तरुण दल गठन


सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा मिलन राईको संयोजकत्वमा ६५ सदस्सीय तदर्थ समिति गठन भएको छ ।
गाउँपालिकाभित्रका नेपाली काँग्रेस निकट युवाहरुलाई संगठित गरी पार्टीको हित तथा विभिन्न क्रियाकलापमा सहयोग पुर्याउने उद्देश्यले तरुण दल गठन गरिएको थुलुङ दूधकोशी गाउँपालिकाका युवा नेता तथा व्यवसायी भानुभक्त उपाध्यायले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नव गठित तदर्थ समितिले संघ, प्रदेश र स्थानीय सरकारले गरेका विकृति विसङ्गती र भ्रष्टाचारका विरुद्ध फागुनभित्र बृहत् तरुण भेला गाउँपालिका केन्द मुक्लीमा गर्ने र त्यो भेलाले नेपाली काँग्रेस थुलुङ दूधकोशी गाउँपालिकामा आगामी निर्वाचनमा काँग्रेसका उमेद्वारलाई विजयी गराउन रणनीति तथा कार्यदिशा तय गर्ने छ ।’

हालसम्म वडा नं. ६ र ४ मा तरुण दल पुर्नगठन गर्न बाँकी रहेकाले तुरुन्त गर्ने र अन्य वडामा गठन सकिएको बताइएको छ । कार्यक्रममा उपस्थित नेपाली काँग्रेसका जिल्ला तहका नेताहरुले समाज परिवर्तनमा युवाको महत्वपूर्ण भूमिका हुने भएकाले अब समाजमा हुने अनियमितता तथा भ्रष्टचारमा खबरदारी गर्नुपर्ने बताएका छन् । कार्यक्रममा तरुण दलका पुर्व जिल्ला अध्यक्ष जिवन गुरुङ लगायत जिल्लास्तरीय तरुण नेताहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार