वी. पी. विचार राष्ट्रिय समाज सोलुखुम्बुको संयोजकमा आचार्य

सोलुखुम्बु। वी. पी. विचार राष्ट्रिय समाज सोलुखुम्बुको संयोजकमा चन्द्र प्रसाद आचार्यलाई तोकिएको छ।

नेपाली काङ्ग्रेस सोलुखुम्बुको पुर्व सचिव समेत रहनुभएका आचार्यलाई एक महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरी जिल्ला समिति गठन गर्न संयोजकको जिम्मेवारी दिइएको हो।

समाजको विधान ०६९ को धारा १५ अनुसार सदस्यता वितरण गरी एक महिनाभित्र अधिवेशनबाट जिल्ला समिति गठन गरी केन्द्रमा प्रतिवेदन बुझाउन पत्रमा भनिएको छ।

साथै तत्काल मनोनयनबाट ९ सदस्यीय समिति बनाई केन्द्रसंग समन्वय गरी काम गर्नु पर्ने बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार