१३४३ जनामा कोरोना संक्रमण थपिए, १३ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १३४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३४३ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ९ हजार २ सय ८९ जनाको पीसीआर परीक्षणमा गरिएको छ । गत २४ घण्टामा २ हजार १ सय ११ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २० हजार २ सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ ।

योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५५१ रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५६१ जना संक्रमित भएका छन् ।

काठमाडौंमा ४५५, ललितपुरमा ८० र भक्तपुरमा २६ जना नयाँ संक्रमित थपिएका छन् । हाल देशभर १५ हजार ७ सय ७६ जना सक्रिय संक्रमित छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार