यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सोलुखुम्बुले एक दिने बीमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम सदरमुकाम सल्लेरीमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि चन्द्र प्रदिप भट्टराईले बीमा गराउने भन्दा बुझाउनु जरुरी भएको बताउनुभयो। बीमाले परिवारको आम्दानीलाई निरन्तरता दिने उहाँको भनाइ छ।
सोही अवसरमा सबै भन्दा बढी बीमा विक्री गरी बीमा रत्न दामोदर गौतमले इच्छाशक्ति सबैभन्दा ठूलो कुरा भएकाले बीमामा सफल बन्न सकिने बताउनुभयो। वैदेशिक रोजगारीमा बगाउने श्रम नेपालमै लगाउँदा भविष्य उज्ज्वल रहेको उहाँको भनाइ छ।
त्यस्तै, यसै वर्ष डबल एमडीआरटी बन्नु भएका मदन मगरातीले लगनशिलताले मानिसलाई सफल बनाउने भन्दै बीमा बारे सचेतना आजको आवश्यकता रहेको बताउनुभयो।
कार्यक्रमको अध्यक्षता गर्दै शाखा प्रबन्धक भानुभक्त उपाध्यायले जीवन सुरक्षित गर्न बीमा अनिवार्य रहेको धारणा राख्नुभयो। कार्यक्रममा सल्लेरी शाखाका एजेन्सी म्यानेजर, पुराना तथा अभिकर्ताको उपस्थिति रहेको थियो। त्यस क्रममा एजेन्सी म्यानेजरलाई सम्मान गरिएको थियो।