सोलुखुम्बु। सोलुखुम्बुको थुलुङ्ग दूधकोशी गाउँपालिका ५ जुबुमा बहिनीलाई दाइजो स्वरुप बीमा पोलिसी प्रदान गरिएको छ।
स्थानीय केदार बस्नेतले बहिनी सुस्मिता बस्नेतलाई विवाहमा पाँच लाख रुपैयाँ बराबरको बीमा पोलिसी प्रदान गर्नु भएको हो।
नरबहादुर बस्नेत र सरिता बस्नेतकी छोरी सुस्मिताको विवाहमा बीमा पोलिसी प्रदान गर्दा स्थानीय अचम्मित भएका थिए। दाइ केदार बस्नेतले जीवन अमूल्य भएकाले बहिनीको बीमा गरिदिएको बताउनुभयो। उहाँले यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा बहिनीको बीमा गरिदिनु भएको हो।
बीमा आजको आवश्यकता भए पनि अझै धेरैले बीमा बुझ्न नसक्दा समस्या भएको भन्दै यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सोलुखुम्बुका प्रबन्धक भानुभक्त उपाध्यायले सम्भवत जिल्लामा नै पहिलो पटक यस्तो काम भएको दाबी गर्नुभयो। अहिले यूनियन लाइफ इन्स्योरेन्स कम्पनी सोलुखुम्बु शाखा आक्रमक रुपमा अघि बढिरहेको उहाँको भनाइ छ।