सोलुखुम्बु । नेपाल तरुण दल सोलुखुम्बुले स्थानीय तहको अध्यक्ष तोकेको छ । नेपाल तरुण दल जिल्ला अध्यक्ष अशोक झाका अनुसार तरुण दलको संगठन निर्माण एवं व्यवस्थित कार्यक्रम सञ्चालनका लागि आठ वटै स्थानीय तहमा अध्यक्ष तोकिएको हो ।
सोलुदूधकुण्ड नगरपालिकामा क्षितिज तामाङ, नेचासल्यान गाउँपालिकामा शम्भुकुमार कार्की, थुलुङ दूधकोशी गाउँपालिकामा मिलन राई, सोताङ गाउँपालिकामा विमल बस्नेत र महाकुलुङ गाउँपालिकाको अध्यक्षमा तेजप राईलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै, माप्यदूधकोशी गाउँपालिकामा कुमार मगर, खुम्बु पासाङल्हामु गाउँपालिकामा छिरिङसोनाम शेर्पा र लिखुपिके गाउँपालिकामा केशवकुमार बस्नेतलाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।
तरुण दलको विधान र जिल्ला कार्यसमितिको निर्देशनको पालना गरी आफ्नो परिधिमा कार्यसमितिलाई पूर्णता दिन निर्देशन दिइएको छ ।