सभामुख अग्निप्रसाद सापकोटाद्वारा विज्ञसँग परामर्श

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आइतबार साँझ केही संवैधानिक तथा कानुन विज्ञहरुसँग परामर्श गर्नुभएको छ । सिंहदरबारमा करिब डेढ घण्टा लामो छलफल गर्नुभएको सभामुखले संवैधानिक विषयमा परामर्श गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार सभामुखले केही विज्ञहरुलाई सिंहदरबरमा बोलाएर छलफल तथा परामर्श गर्नुभए पनि बैठक आन्तरिक भएकाले थप विषय प्रष्ट पार्न नसकिने बताउनुभयो ।

सरकारले चालेको पछिल्लो कदम र समाधानको उपायबारेमा सभामुख सापकोटाले कानुनका विज्ञहरुसँग छलफल गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार