सोलुखोलामा मोटरेबल पुलको शिलान्यास


सोलुखुम्बु।  सोलुखुम्बुको भित्ताखर्क र गार्मा जोड्ने गरि मोटरेबल पुलको शिलान्यास गरिएको छ ।

सोलुदूधकुण्ड नगरपालिका ७ गार्मा र भित्ताखर्क जोड्नेगरी सोलुखोला माथि बन्ने मोटरेबल पुलको बुधबार सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पा र नगर कार्यापालिका सदस्य सोनामग्याल्जेन शेर्पाले संयुक्त रुपमा शिलान्यास गर्नुभयो।

भित्ताखर्कका सर्वसाधरणलाई बाह्रै महिना सदरमुकाम र वडा कार्यालयसम्म आवतजावतका लागि सहज होस भन्ने उद्देश्यले मोटरेबल पुल निर्माण गर्न लागिएको मेयर नाम्गेलजाङ्बु शेर्पाले बताउनुभयो।

करिब ६५ लाख रुपियाँको लागतमा निर्माण हुने मोटरेबल पुल निर्माण सम्पन्न भई सिधा सडक सञ्चालनमा आएपछि बिरामीलाई बोकेर ल्याउनुपर्ने बाध्यता हट्ने नगर कार्यापालिका सदस्य सोनामग्याल्जेन शेर्पाले बताउनुभयो । मोटरेबल पुल शिलान्यास कार्यक्रममा अन्य जनप्रतिनिधि, स्थानीय लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार