काँग्रेस सोलुखुम्बुले सल्लेरीमा बिरोध प्रदर्शन गर्ने

सोलुखुम्बु । नेपाली काँग्रेस सोलुखुम्बुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बिरुद्द सदरमुकाम सल्लेरीमा बिरोध प्रदर्शन गर्नेभएको छ ।

असंवैधानिक तथा अलोकतान्त्रिक ढङ्गबाट प्रधानमन्त्री ओलीले गरेको संसद विघटनका विरुद्ध जिल्ला कार्यसमितिको आयोजनामा आगामी सोमबार बिरोध प्रदर्शन गर्न लागिएको नेपाली काँग्रेस सोलुखुम्बुले जनाएको छ ।

सम्भवतः काँग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीको नेतृत्वमा विरोध प्रदर्शन गर्ने तयारी रहेको बताइएको छ । काँग्रेस केन्द्रीय समितिको बैठकले मंसिर १३ गते संसद विघटन विरुद्ध देशैभर आन्दोलन गर्ने निर्णय थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार