सगरमाथाको फेदीमा यूनियन लाइफ इन्स्योरेन्सले बनायो जिल्लाकै पहिलो एमडीआरटी

सोलुखुम्बु । सगरमाथाको फेदी सोलुखुम्बुमा यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सल्लेरी शाखाले जिल्लाकै पहिलो एमडीआरटी बनाएको छ । सोलुखुम्बुमा दर्जन हाराहारीमा रहेका बीमा कम्पनीमध्ये यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले सोलुखुम्बुमा सन् २०२१ का लागि जिल्लाकै इतिहासमा पहिलो एमडिआरटी कम्पनीका एजेन्सी म्यानेजर सन्तोष कुमार राउतलाई घोषणा गरेको हो ।

विश्वका ७४ देसका बीमा अभिकर्ताहरुको सर्वोच्च अन्तर्राष्ट्रिय संगठन मिलियन डलर राउण्ड टेबल (एमडिआरटी) को सदस्यता प्राप्त गर्न निश्चित अन्तर्राष्ट्रिय मापदण्ड तोकिएको छ । एमडीआरटीको सदस्य बन्नका लागि सन् २०२० भित्र ३० लाख १२ हजार प्रथम प्रिमियम मापदण्ड पूरा गरी राउतले छोटो समयमा सफलता प्राप्त गर्नुभएको हो । सन् २०२१ को एमडिआरटीको सम्मेलन सिङ्गापुरमा हुने भएको छ ।

कम्पनीको सल्लेरी शाखाले पहिलो एमडीआरटी राउतलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । उहाँलाई प्रमाण पत्र सहित युनियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड सल्लेरी शाखाका प्रबन्धक भानुभक्त उपाध्ययले केक काटेर खादा ओढाएर सम्मान गर्नुभएको हो ।

कार्यक्रममा शाखा प्रबन्धक भानुभक्त उपाध्यायले शाखा सञ्चालनमा ल्याएको करिब एक वर्षमानै जिल्लाको ऐतिहासिक सफलता हात पारेकोमा खुशी व्यक्त गर्नुभयो । लगनशील भएर कर्म गर्दा सफल हुने उहाँको भनाइ छ । उहाँले कम्पनी स्थापनाको चौथो वर्षमानै नेपालकै तेस्रो स्थानमा रहेको कम्पनीले सबैको मन जित्न सफल भएको भन्दै कोरोना कहरका बिचमा पनि कम्पनीले राम्रो गरेको बताउनुभयो ।

छोटो समयमा सफलता दिलाउन कर्मचारीहरु, आफन्त, साथीभाई, शुभचिन्तकहरु धेरै जनाको सहयोग प्राप्त भएको भन्दै एमडीआरटी राउतले सबैलाई धन्यवाद दिनुभयो । बीमा जीवनमा सुरक्षा तथा बचतका लागि अपरिहार्य भएकाले सबैलाई कमाई अनुसारको बीमा गर्न उहाँको आग्रह छ ।

सम्मान कार्यक्रममा शाखाका अन्डर राइटर केदार बस्नेत, एजेन्सी म्यानेजरहरु, अभिकर्ताहरु, पत्रकारहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार