सोलुखुम्बुका क्यान्सर पीडितलाई आर्थिक सहयोग


सोलुखुम्बु। नेपाल फ्रेट फरवार्डरस् एशोसियशनले सोलुखुम्बुका चार जना विरामीलाई आर्थिक सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर भएका क्यान्सर पीडित तथा पाठेघरको समस्या भएकालाई उपचारका लागि उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य प्रकाश सिंह कार्कीको समन्वयमा आर्थिक सहयोग प्रदान गरिएको हो ।

नेपाल फ्रेट फर्वाडर्ससँगको सहकार्यमा कार्कीले महाकुलुङ गाउपालिका–४ गुदेल सोलुखुम्बुका फोक्सोको क्यान्सर पिडित हर्कजीना राईको उपचारका लागि ३६ हजार रुपियाँ, टाउकोको क्यान्सरबाट पीडित सोलुखुम्बु महाकुलुङकै बुबाराज राईको उपचारका लागि ३६ हजार रुपयाँ सहयोग प्रदान गर्नुभएको छ ।

त्यस्तै, पाठेघरको समस्याबाट पीडित नेचासल्यान गाउपालिका–३ बेसीगाउँकी हिरादेवी कट्टेलको उपचारमा २० हजार रुपियाँ सहयोग रकम पीडितका परिवारलाई हस्तान्तरण गरिएको छ । काँग्रेस नेता समेत रहनुभएका कार्कीको समन्वयमा सोलुदूधकुण्ड नगरपालिका–७ गार्माका क्यान्सर पीडित बुद्धिबहादुर भूजेलको उपचारमा लाइन्स क्लब अफ काठमाण्डौ क्यापिटलले २५ हजार रुपियाँ सहयोग गरेको दिनराज बाँस्तोलाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार