नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले संसद विघटनविरुद्धको आन्दोलनका कार्यक्रम फेरबदल गरेको छ।
काठमाडौँमा माघ २३ का लागि निर्धारित विरोध प्रदर्शनलाई एक साता वर सारिएको छ । अब प्रदर्शन माघ १६ गते हुनेछ ।
आजको स्थायी कमिटी बैठकले आन्दोलनको कार्यक्रमको मिति केही दिन अघि सारेको हो । यस्तै, बैठकमा सांगठन विस्तारका विषयमा पनि छलफल भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटका बारेमा अध्यक्ष प्रचण्ड र माधव नेपालले स्थायी समितिमा ब्रिफिङ गरेका थिए।
उनीहरुले स्थायी कमिटी सदस्यलाई तत्काल कांग्रेसले आन्दोलनमा साथ नदिने सुनाएका थिए ।
यस्तै, अहिलको सरकार संसद विघटनपछि कामचलाउ भइसकेको र कुनै पनि महत्वपूर्ण निर्णय गर्न नपाउने ठह¥याएको छ ।
अहिले सरकारले मनपरी काम गरिरहेको भन्दै बैठकले भत्र्सना गरेको छ । आजको बैठक पछि सरकारका निर्णयको भत्सना गर्दै विज्ञप्ति जारी गर्ने तयारीे छ ।-nepalinetwork