भदौ अगाडी काँग्रेसको महाधिवेशन हुनै पर्छ : कोइराला

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले बैशाखमा निर्वाचन भए पनि वा नभए पनि भदौ भन्दा अगाडी काँग्रेसको महाधिवेशन हुने दावी गर्नुभएको छ ।

आगामी २०७८ को भदौभन्दा अगाडी महाधिवेशन जसरी पनि गर्नु पर्ने काँग्रेसलाई बैधानिक बाध्यता रहेको कोइरालाले जानकारी दिनुभयो । राष्ट्रहित, संविधानको रक्षा र जनताको मतको कदर गर्दै संसद पुनस्र्थापना हुनु पर्ने उहाँले बताउनु भयो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा नेता कोइरालाले भन्नुभयो, “हामीले ब्यक्तिको र पार्टीको फाईदा मात्रै हेर्ने होइन राष्ट्र, संविधान र लोकतन्त्रलाई नोक्सानी नहोस भन्ने पक्षलाई हेर्नु पर्छ, लोकतान्त्रीक पार्टी भएकाले काँग्रेसले सर्वाेच्च अदालतको निणर्य मान्नु पर्छ र मान्छ पनि ।”
प्रधानमन्त्रीको कदम अदालतले सदर गरेपनि काँग्रेस निर्वाचनको लागी सडकमा जानु पर्ने कोइरालाले बताउनु भयो ।

नेपाली काँग्रेस लोकतान्त्रीक पार्टि भएकाले निर्वाचनबाट नभाग्ने कोइरालाको कथन छ । प्रचण्ड–नेपाल पक्षले भाग लिएन भने निर्वाचन सम्भव नहुने उहाँको बुझाई छ ।

कोइरालाले पार्टी सभापति अहिले शंकाको घेरामा परेको बताउदै काँग्रेसमा सभापति मात्रै नभएर अन्य नेताहरु पनि रहेकाले गलत निर्णय हुनै नसक्ने जिकीर गर्नुभयो । कोइरालाले पार्टीका अन्य सदस्यको कुरा मान्दै सभापति स्वयम् आन्दोलनमा गएकोले पार्टी भित्र दुईमत नभएको स्पष्ट पार्नुभयो ।

कम्युनिष्टसंग मिल्न नहुने जननायक विपि कोइरालाको अभिव्यक्तिलाई स्मरण गर्दै उहाँले काँग्रेसको पहिचान र गरिमालाई अझै उचाइमा पु¥याउने अठोट पनि व्यक्त गर्नुभयो ।-nepalinetwork

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार