काठमाडौं । कोरोना महामारीका कारण १० महिनादेखि बन्द रहेका काठमाडौं उपत्यकाका विद्यालय आजदेखि खुलेका छन् । स्थानीय तहले विद्यालय खोल्न अनुमति दिएपछि उपत्यकाका सबैजसो विद्यालय खुलेका हुन् ।
केही विद्यालयले असारबाटै अनलाइन कक्षा सुरु गरेका थिए भने केहीले असोजबाटै भौतिक रुपमै पठनपाठन सुरु गरिसकेका छन् ।
संक्रमणको जोखिम कायमै रहेकाले सुरक्षा मापदण्ड अपनाएरै पठनपाठन गर्ने विद्यालयहरुले जनाएका छन् । केही विद्यालयले २ सिफ्टमा वा आलोपालो पढाउने तयारी समेत गरेका छन् ।
उपत्यका बाहिरका भने प्रायः सबै विद्यालय यसअघिनै नै सञ्चालनमा आइसकेका छन् । उपत्यकाका स्थानीय तहले शिक्षक र विद्यार्थीलाई अनिवार्य रुपमा मास्क लगाउन निर्देशन दिएका छन् ।