सोलुखुम्बु पुग्नु भएको गृह मन्त्री रामबहादुर थापाले ‘नयाँ संसद जिन्दाबाद, पुरानो संसद मुर्दाबाद’ भन्दै चुनावको लागि लाग्न आग्रह गर्नुभयो । ओली समुहले सोमबार सल्लेरीमा आयोजना गरेको कार्यकर्ता भेला कार्यक्रममा उहाँले न रह्यो बास न बज्यो बासुरी भन्ने टुक्का जोड्दै पुरानो संसद विघटन गर्नुको विकल्प नभएपछि नयाँ संसदको लागि चुनाव घोषणा भएको बताउनुभयो ।
बादलले संसद पुनस्थापना गर्नेहरु प्रतिगामी तत्व भएको आरोप लगाउँदै अविश्वासको प्रस्ताव ल्याउने कोसिस भएपछि संसद विघटन अन्तिम विकल्प भएको तर्क गर्नुभयो ।
प्रचण्ड-माधवहरुले गुट खडा गरेकोले त्यस्तो गुटमा नलाग्न आग्रहसमेत उहाँले गर्नुभयो । अविश्वासको प्रस्ताव ल्याउने कोसिस भएपछि संसद विघटन गर्नुपरेको बताउनुभयो ।
। उहाँले अहिले नेकपाको बाहिर रुपमा हेर्दा बैचारिक संघर्ष नभएर पद र प्रतिष्ठाका लागि भएको देखिएपनि त्यो बैचारिक बहस भएको दाबीसमेत गर्नुभयो । माधव कुमार नेपालको नाम नभनिकन सांकेतिक रुपमा पार्टीलाई विभाजन गरेर उनी अध्यक्ष भैछाडेको आरोपसमेत लगाउनुभयो ।
यसैबीच, नेपाल कम्युनिष्ट पार्टी केपी ओली समुहले सोलुखुम्बु जिल्लाको अध्यक्षमा डुफकुमार बास्तोला र आसकुमार राईलाई सचिव बनाएको छ । बास्तोला पूर्व एमाले खेमाका हुन् भने शिशिर पूर्व माओवादी खेमाका हुन् । शिशिर गत पुस १४ गते केपी ओलीको कदमविरुद्ध प्रचण्ड(माधव पक्षले सल्लेरीमा आयोजना गरेको विरोध कार्यक्रममा सहभागि भएपनि त्यसपछि गुट परिवर्तन गरेर ओली पक्षमा लागेका हुन् ।
नेकपामा फुट देखिएपछि अध्यक्ष रहेका मानवीर राई ओली पक्षमा र सचिव रहेका गोम्बु शेर्पा कर्ज्याङ प्रचण्ड(माधव पक्षमा लागेका छन् ।