ट्रयाक्टर दुर्घटनाम एकाको मृत्यु, पाँच घाईते

डडेल्धुरामा मंगलबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । अमरगढी नगरपालिका वडा नं .२ कुस्माली नजिक ट्याक्टर दुर्घटना हुँदा सोही ठाउँ बस्ने गणेशबहादुर ऐरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

खानेपानी योजनाको पाईप ढुवानी गरिरहेको से १ त ३८१३ नम्बरको ट्याक्टर कच्ची सडकबाट केही तल खोलामा खसेको थियो ।

घाईते हुनेमा अमरगढी नगरपालिका २ बस्ने ३५ वर्षीय सुरेश भण्डारी, ३३ वर्षीय तीर्थ केसी, ३५ वर्षीय शुरेश भट्ट, ५० वर्षीय दलबहादुर थापामगर र चालक शुक्लाफाँटा नगरपालिका ६ बस्ने ४० वर्षीय रामभरोसा राना रहेको जिल्ला प्रहरी कार्यालय डडेधुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताउनुभएको छ ।

दुर्घटनामा घाईते भएका पाँच जनाकै डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भैरहेको छ ।gorkhapatraonline.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार