सोलुखुम्बु। जनता समाजबादी पार्टी नेपालका केन्द्रिय सदस्य आङ काजी शेर्पा किसानले प्रधानमन्त्री केपी शर्मा ओलीको आवेगले देस संकटमा परेको आरोप लगाउनुभएको छ ।
जसपाले विहिबार सोलुखुम्बुको सल्लेरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता शेर्पाले राष्ट्रपति संविधानको रक्षक रुपमा रहनुपर्ने भएपनि राष्ट्रपतिले सही भूमिका निभाउन नसकेको बताउनुभयो। प्रधानमन्त्रीले संविधानको धारा समेत उल्लेख नगरी संसद विघटनको सिफारिस गर्दा समेत स्विकृत गरेको उहाँको भनाइ छ ।
यस्तै पार्टीका बरिष्ठ केन्द्रिय सदस्य राजकुमार राईले बर्तमान प्रधानमन्त्री ओलीले निर्वाचन गराउन नसक्ने भएकाले यदि अदालतले संसद विघटन सदर गरेमा देश फेरि एक पटक द्धन्दमा होमिने दाबी गर्नुभयो । प्रतिगमी कदम सच्याउन, जनताको अधिकार सुनिश्चित गर्न र देशलाई दुर्घटनाबाट जोगाउँन पनि सडक संर्घषकै बलमा संसद पुर्नस्थापनको विकल्प नरहेको उहाँको ठहर छ ।
साथै समाजबादी पार्टीले संसद विघठन विरुद्धको दोश्रो चरणको आन्दोलन सकिएको समेत पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । आगामी दिनमा अन्य दलहरुसँगको सहकार्यमा सयुक्त सडक संर्घषमा जान सक्ने समेत सङ्केत गरेको छ ।