तीन हजार ५४५ परीक्षणमा ३०२ मा सङ्क्रमणको पुष्टि

नेपालका कोरोनाभाइरसका ३०२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५४५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ३०२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिडका कुल सङ्क्रमितको संख्या दुई लाख ६८ हजार ९४८ पुगेको जनाएको छ । हाल तीन हजार ६१४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । हालसम्म बीस लाख ३५ हजार ३०१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार ४८० जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ६३ हजार ३४८ जना सङ्क्रमित निको भइसकेका छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा सात जना सङ्क्रमितको मृत्युको पुष्टि भएको जनाएको छ । कोभिड–१९ बाट मृत्यु हुनेको संख्या एक हजार ९८६ पुगेको हो ।

हाल तीन हजार ६१४ जना आइसोलेशनमा र १५८ जना क्वारेन्टिनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार