पत्रकार महासंघका पूर्व अध्यक्ष सहित चार जना सम्मानित

सोलुखुम्बु । नेपाल पत्रकार महासंघ सोलुखुम्बुले महासंघका संस्थापक अध्यक्ष नारायणकुमार श्रेष्ठ सहित चार जनालाई सम्मान गरेको छ।

महासंघको चौथौ साधारण सभाका अवसरमा पत्रकारितामा गरेको योगदानको कदर गर्दै महासंघ सोलुखुम्बुका संस्थापक अध्यक्ष श्रेष्ठ र सोलु एफ.एम. सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ भने हिमाल एफ.एमका स्टेसन म्यानेजर शिखरजंग श्रेष्ठ र बिबिसी नेपाली सेवाका सोलुखुम्बु संवाददाता सुजता तामाङलाई नगद ५,५५५ सहित प्रमाणपत्रले सम्मान गरिएको हो ।

साधारणसभामा बोल्दै नेपाल पत्रकार महासंघ केन्द्रिय लेखा समिति संयोजक प्रकाश पुरीले हरेक नागरिकलाई सुुसुचित गराउने कर्तव्य पत्रकार तथा सञ्चारमाध्यमको भएकाले सत्य र तथ्य सुचना प्रवाह गर्नुपर्ने बताउनुभयो। उहाँले पत्रकार सत्तापक्षको दास बन्न नहुने धारणा व्यक्त गर्नुभयो।

सोही अवसरमा प्रमुख जिल्ला अधिकारी गणेशबिक्रम शाहीले पत्रकार तथा सञ्चार माध्यमले जिल्लाको विकासमा पुर्याएको योगदानको प्रसंशा गर्न भयो। सरकारी कार्यालयमा हुने हरेक नराम्रा कामको खबरदारी गर्दै अघि बढ्नका लागि पत्रकारलाई उहाँको सुझाव छ ।

महासंघ सोलुखुम्बुका अध्यक्ष मनोजकुमार श्रेष्ठले प्रविधिको आधुनिकताले पत्रकारिता खुम्च्याएको बताउनुभयो। अहिले खोज पत्रकारीता ओझेलमा परेकाले पत्रकारले अब खोजमुलक समाचार संकलनमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ।

सम्मान ग्रहणपछि बोल्दै महासंघका संस्थापक अध्यक्ष श्रेष्ठले अनुभव सुनाउदै सत्य तथ्य सुचनाको आधारमा समाचार सम्प्रेषण गर्नका लागि आग्रह गर्नुभयो ।

जिल्लाको पत्रकारितामा प्रविधिले सहजता बनाएको सोलु एफएमका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले बताउनुभयो ।

तस्विर माया शेर्पाको फेसबुकबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार