नेपाल तरुण दललाई भलिबल प्रतियोगिताको उपाधि

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाँउपालिका-९ लोखिममा भएको खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधि नेपाल तरुण दल थुलुङ दुधकोसीले हात पारेको छ ।

सोलुखुम्बु फ्याफुल्ला समाजको आयोजनामा बुधबारदेखि जारी प्रतियोगितामा ऐसेलुखर्क गाँउपालिका ५ महेश्वरीे दोश्रो र थुलुङ दुधकोशी गाँउपालिका ९ लोखिम ए टिम तेश्रो बनेको छ ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने टिमलाई क्रमश ५० हजार, ३० हजार र २० हजार प्रदान गरिएको छ । यस्तै नेपाल तरुण दलका खेलाडी सहिल मगर उत्कृष्ट खेलाडी घोषित भएको  अम्बिरकजी तामाङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार